केन्यामा पहिरोमा पुरिएर ७ बालबालिकासहित २९ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

केन्यामा पहिरोमा पुरिएर ७ बालबालिकासहित २९ जनाको मृत्यु

kenya pahiro

एजेन्सी, ८ मंसिर । केन्यामा भारी वर्षासँगै आएको पहिरोमा पुरिएर ७ जना बालबालिकासहित २९ जनाको मृत्यु भएको छ । केन्याको वेस्ट पोकोट काउन्टी, न्यूर्कुलियन र पारुआ गाउँमा भारी वर्षासँगै आएको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो ।

पहिराले ती गाउँहरुमा आवातजावत गर्ने सडक र पुलमा क्षति पुगेको बीबीसीले जनाएको छ । यसैबीच केन्याका राष्ट्रपति उहुरु केन्याट्ले पहिरोमा परि मृत्यु हुनेहरुको परिवारप्रति समवेदना प्रकट गर्नुका साथै उद्धार र राहत वितरण कार्यमा जुट्न सबैलाई आग्रह गरेका छन् । गृहमन्त्री फ्रेड मट्याले उद्धारकार्यहरु भइरहेपनि भारी वर्षका कारण समस्या भएको बताएका छन् । केन्याका मौसमविद्हरुले भारी वर्षा र पहिरो आउन सक्ने भन्दै यसअघि नै सचेत रहन आग्रह गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);