सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी प्रक्रिया औपचारिक रूपमा शुरू | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी प्रक्रिया औपचारिक रूपमा शुरू

trump news latest

काठमाडौं, ०३ माघ । अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग सम्बन्धी प्रक्रिया औपचारिक रूपमा शुरू, माथिल्लो सदन सिनेटमा मंगलबारदेखि सुनुवाइ प्रक्रिया थालिने ।

सिनेटमा ट्रम्प विरुद्धका आरोपहरू पढेर सुनाएर सुनुवाइ प्रक्रियामा सहभागी हुने सिनेटहरूलाई शपथ दिलाएपछि ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी प्रक्रिया औपचारिक रूपमा शुरू भएको हो । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले ट्रम्पमाथि राजनीतिक प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई दबाव दिएर संविधानको उल्लंघन गरेको आरोपलगाएर महाअभियोग प्रस्ताव पारित गरिसकेको छ ।

सभामुख पेलोसीले महाभियोगसम्बन्धी आरोप पत्रमा हस्ताक्षर गरेर सिनेटमा पठाएपछि प्रक्रिया सुरु भएको हो । महाभियोगसम्बन्धी सिनेटमा हुने सुनुवाइ प्रक्रियाको अवलोकन सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले गर्नेछन् । राष्ट्रपति ट्रम्पविरुद्ध सिनेटमा हुने सुनुवाइमा शुरूवाती बयान मंगलवार हुने अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अमेरिकामा महाभियोगसम्बन्धी प्रावधान अनुसार दोषी ठहर गर्ने तथा राष्ट्रपतिलाई पदबाट हटाउने पक्षमा दुई तिहाइ सिनेटरले समर्थन गर्नुपर्ने हुन्छ । सिनेटमाथि राष्ट्रपति ट्रम्पको सत्तारूढ रिपब्लिकन पार्टीको नियन्त्रण रहेकोले उनले सफाइ पाउने अपेक्षा गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);