युक्रेनका प्रधानमन्त्रीद्वारा पदबाट राजीनामा | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८१, आइतबार

युक्रेनका प्रधानमन्त्रीद्वारा पदबाट राजीनामा

ukraine pm resigns

एजेन्सी, ३ माघ । युक्रेनका प्रधानमन्त्री ओलेक्सी गोन्चारुकले शुक्रवार पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति भोलोदिमयर जेलेन्स्कीको आलोचना गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि उनले राजीनामाको घोषणा गरेका हुन् । उनले २०१९ अगस्तबाट प्रधानमन्त्रीको पद सम्हालेका थिए ।

गोन्चारुकले अडियोमा आर्थिक विषयलाई लिएर राष्ट्रपति जेलेन्स्कीको आलोचना गरेका थिए । तर होन्चारुकले भने सार्वजनिक भएको अडियो बनावटी भएको र राष्ट्रपतिप्रति आफ्नो सम्मानलाई होच्याउने नियतले बनाएर सार्वजनिक गरिएको आरोप लगाएका छन् । उनले बोलेको अडियो टेप सार्वजनिक भएपछि उनलाई राजीनामा दिन दबाब परेको थियो ।

प्रधानमन्त्री गोन्चारुकले भने राष्ट्रपति र आफुबीच थप वादविवाद नहोस् भन्दै राजीनामा पत्र राष्ट्रपति सामु बुझाएको बताएका छन् । बिहीबार मात्रै विपक्षी पार्टीले राष्ट्रपतिको अवहेलना गरेको भन्दै होन्चारुकको राजीनामाको माग गरेका थिए ।

सत्तारुढ पार्टीले भने होन्चारुकको राजीनामा आवश्यक नरहेको बताउँदै आएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);