युक्रेनी विमानलाई इरानी फौजले खसालेको प्रधानमन्त्रीको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

युक्रेनी विमानलाई इरानी फौजले खसालेको प्रधानमन्त्रीको टिप्पणी

justin trudeau

एजेन्सी, २५ पुस । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बुधवार तेहराननजिकै दुर्घटना भएको युक्रेनी वायुसेवाको विमानलाई इरानी फौजले खसालेको संकेत पाइएको बताएका छन् । विभिन्न गुप्तचरी सूचनाहरूका अनुसार जमिनबाट आकाशमा आक्रमण गर्न सकिने क्षेप्यास्त्र उक्त विमानमा प्रहार भएका संकेतहरू पाइएको क्यानडाका प्रधानमन्त्री ट्रुडोले बताएका हुन् ।

अमेरिका र वेलायतले पनि ट्रुडोको भनाइको समर्थन गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । उनीहरूले भुलवश इरानले त्यो विमानमा क्षेप्यास्त्र प्रहार गरेको हुन सक्ने उल्लेख गरेका छन् ।

इरानमा गत बुधवार युक्रेनको बोइङ ७३७ विमान दुर्घटनामा पर्दा त्यसमा सवार सबै १ सय ७६ जनाको ज्यान गएको थियो । इरानले भने “हास्यास्पद“भन्दै ट्रुडोको भनाइ प्रति आक्रोशपूर्ण प्रतिक्रिया दिएको छ ।

अमेरिकासंग बढेको तनावका बीच इरानले उक्त विमानको ब्ल्याकबक्स अमेरिकी विमान निर्माता कम्पनी बोइङलाई नदिने बताएको थियो । तर इरानका विदेशमन्त्रालयले बोइङलाई अनुसन्धानमा सहभागी हुन निम्तो दिएको छ ।

अन्तर्रा्ष्ट्रिय हवाई नियम अनुसार इरानलाई उक्त दुर्घटनाको अनुसन्धानको नेतृत्व गर्ने अधिकार रहन्छ । तर त्यसमा जहाज उत्पादक पनि सामेल हुनुपर्नेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);