अमेरिका इरानसँग बिना शर्त वार्ता गर्न तयार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अमेरिका इरानसँग बिना शर्त वार्ता गर्न तयार

Donald Trump

एजेन्सी, २५ पुस ।  अमेरिका इरानसँग बिना शर्त वार्ता गर्न तयार, इरानका वरिष्ठ सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको दावी ।

संयुक्त राष्ट्रसंघलाई पत्र लेख्दै अमेरिकाले बिना शर्त वार्ताका लागि तयार रहेको बताएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । राष्ट्रसंघका लागि अमेरिकी दूत केली क्राफ्टले लेखेको पत्रमा इरानका वरिष्ठ सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको दावी गरिएको छ ।

राष्ट्रसंघको सुरक्षा परिषद्लाई लेखिएको पत्रमा क्राफ्टले अमेरिका अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई थप खतरामा पर्नबाट जोगाउन र इरानको कारण बढ्न सक्ने तनाव रोक्न बिना शर्त वार्ताका लागि तयार रहेको पनि उल्लेख गरेकी छिन् । सुलेमानीको हत्या राष्ट्रसंघ बडापत्रको धारा १५ बमोजिम उचित भएको तर्क अमेरिकाले गरेको छ ।

पत्रमा आफ्ना सेना र चासोको रक्षा गर्न आवश्यक परे अमेरिकाले थप कारबाही गर्ने चेतावनी पनि दिइएको छ । इरानले पनि धारा १५ कै आधारमा आफ्नो रक्षाका लागि इराक स्थित अमेरिकी सैन्य शिविरमा आक्रमण गरेको राष्ट्रसंघलाई जानकारी गराएको छ । इरानी दूत माजिद तख्तले पनि तेहरानले युद्ध नचाहेको बताएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);