अस्ट्रेलियामा आगलागीबाट मृत्यु हुनेको संख्या २७ पुग्यो, २ हजार बढी घरमा क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अस्ट्रेलियामा आगलागीबाट मृत्यु हुनेको संख्या २७ पुग्यो, २ हजार बढी घरमा क्षति

एजेन्सी, २४ पुस । अष्ट्रेलियामा भइरहेको आगलागीबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा भइरहेको आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुगेको बताउनुभएको हो ।

संसद् भवनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोरिसनले आगलागीबारे पछिल्लो विवरण सार्वजनिक गर्नुभएको हो । मोरिसनका अनुसार आगलागीका कारण २ हजार १ सय ३१ घरहरु क्षतिग्रस्त भएका छन् भने मृत्यु हुनेको संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ ।

अस्ट्रेलियाको दक्षिणपूर्वी क्षेत्रको जंगलमा ठूलो आगलागी भइरहेको छ । आगलागीका कारण तापक्रम बढेर अत्यधिक गर्मी हुँदै गएको र तातो हावा चलेको अधिकारीहरुले जनाएका छन् ।

प्रधानमन्त्री मोरिसनले आगलागी नियन्त्रणको प्रयास जारी रहेको उल्लेख गर्नुभएको छ । मोरिसनले आगलागी नियन्त्रण गर्न र थप क्षति हुन नदिन सवैले आ–आफ्नो ठाँउबाट भूमिका खेल्न तथा उद्धारकर्ताहरुलाई सहयोग गर्न पनि आग्रह गर्नुभएको छ ।

अस्ट्रेलियामा भइरहेको आगलागीको धुँवा देशका विभिन्न ठाउँमा फैलिएको र अन्य मुलुकसम्म पुगेको जनाइएको छ । गत सेप्टेम्बरदेखि सुरु भएको आगलागी अहीलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीका कारण करौडौ जंगली जनावर मरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);