ट्रम्पविरुद्ध महाभियोग छानबिनलाई औपचारिकता दिने प्रस्ताव तल्लो सदनद्वारा पारित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

ट्रम्पविरुद्ध महाभियोग छानबिनलाई औपचारिकता दिने प्रस्ताव तल्लो सदनद्वारा पारित

trump

एजेन्सी, १५ कात्तिक । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने विषयको छानबिनलाई औपचारिकता दिने प्रस्ताव पारित गरेको छ । महाभियोग लगाउने विषयमा भइरहेको छानबिनलाई सार्वजनिक गरेर अघिबढ्ने सम्बन्धि प्रस्ताव सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले पारित गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

यसबाट डेमोक्य्राट्सहरूको नियन्त्रण रहेको तल्लो सदनमा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने पक्षमा समर्थन रहेको पुष्टि भएको छ । प्रस्तावको पक्षमा २ सय ३२ र विपक्षमा १ सय ९६ मत परेको थियो । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले भने हाउस अफ रेप्रेजेन्टेटिभ्समा प्रस्तावमाथि भएको मतदानको भत्सर्ना गरेको छ ।

हाउस अफ रेप्रेजेन्टेटिभ्सले पारित गरेको प्रस्तावले ट्रम्पका वकिलहरूको अधिकार पनि निर्धारण गरेको छ । ट्रम्पले आफूले गलत काम नगरेको दावी गर्दै आएका छन् । ट्रम्पलाई महाअभियोग लगाउने प्रक्रियाको अगुवाइ गरिरहेकी सभामुख न्यान्सी पेलोसीले आफ्नो पार्टीले अमेरिकी संविधान र प्रजातन्त्रको रक्षाका लागि कदम चालिरहेको बताएकी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);