फूलपातीयता २३ सडक दुर्घटना, ३१ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

फूलपातीयता २३ सडक दुर्घटना, ३१ को मृत्यु

accident

काठमाडौं, ५ कात्तिक । दसैंको फूलपातीदेखि द्वादशीसम्म देशभरि २३ वटा सडक दुर्घटना भएका छन्। ३१ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनामा एक सय २९ जना घाइते भएका छन्।

शनिबार र आइतबारमात्रै नवलपरासी पूर्व, चितवन, रामेछाप, महोत्तरी, जनकपुर र रूपन्देहीमा भएका सडक दुर्घटनामा १६ जनाको मृत्यु र ५३ जना घाइते भएका छन्। कात्तिक १ गते महानवमीको दिन काठमाडौं र सिरहाको लहानमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

काठमाडौंको सानोभर्‍याङमा भएको मोटरसाइकल दुर्घटनामा पैदलयात्री वीरबहादुर तामाङको मृत्यु भएको थियो। सिरहाको चोहर्वामा गाडी र मोटरसाइकल एकआपसमा जुध्दा लालु कामतीको मृत्यु भएको थियो।

फूलपातीको दिन उदयपुर त्रियुगा नगरपालिकास्थित सडकमा मोटरसाइकल दुर्र्घटनामा दिनेश पौडेलको घटनास्थलमै मृत्यु भएको थियो। झापा बुद्धशान्ति चोकमा भने मंगलबारै मोटरसाइकलले ७५ वर्षीय खड्गबहादुर कार्कीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सोही दिन रुकुम मुसिकोटमा बस सडकबाट एक सय ५० मिटर तल खस्दा नौ वर्षीय बालक परेश बीसीको घटनास्थमै मृत्यु भएको थियो।

त्यसैगरी रामेछाप खाँडादेवी गाउँपालिकामा बस सडकबाट ५० मिटर तल खस्दा एक जनाको मृत्यु भएको थियो। २० जना घाइते भएका थिए। प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले चालकको लापरबाहीकै कारण बढी दुर्घटना हुने गरेको बताए। उनले भने, ‘प्रहरीले ठाउँठाउँमा चेक प्वाइन्ट राखेर सवारी जाँच गरिरहेकै छ। सवारी चालकलाई चेतना अभिवृद्धि गराएकै छ तर उनीहरूमा लापरबाही नरोकिएपछि दुर्घटना भएको देखिन्छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);