फ्लोरिडामा इर्मा आतंक, ३० लाख नागरिक विद्युतविहीन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एजेन्सी, २६ भदौ । क्यारेवियन क्षेत्रको सामुद्रिक आँधी इर्मा अमेरिकी राज्य फ्लोरिडामा पुगेको छ ।

इर्माका कारण फ्लोरिडा राज्यमा ३० लाख भन्दा बढि मानिस विद्युतविहीन बनेका छन् । फ्लोरिडा राजमार्ग सुरक्षा गस्ती टोलीले आँधीबाट भाग्ने क्रममा राजमार्गमा तीन जनाको निधन भएको बताएको छ ।

फ्लोरिडामा २ सय १५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण कुडजो किजमा ठूलो पहिरो गएको छ । राज्य सरकार तथा सुरक्षाकर्मीले समयमै सुरक्षित स्थानमा जान सूचना गरेकोले आँधीका कारण ठूलो मानवीय क्षति नभएको बताइएको छ । यद्यपि, आँधीका कारण हजारौं भौतिक संरचनामा क्षति पुगेको छ ।

इर्मा आँधीमा परी मर्नेको संख्या २८ पुगेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);