चीनले डिजेल र पेट्रोलबाट चल्ने गाडीको उत्पादन र बिक्रिमा प्रतिबन्ध लगाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एजेन्सी, २६ भदौ । चीनले डिजेल र पेट्रोलबाट चल्ने गाडीको उत्पादन र बिक्रिमा प्रतिबन्ध लगाउने तयारी थालेको छ ।

 

चीनका उद्योगसम्बन्धी उपमन्त्रीले डिजेल र पेट्रोलका गाडीमाथि प्रतिबन्ध लगाउने विषयमा अनुसन्धान थालिएको बताएका छन् । यो निर्णयसँगै चीनमा तेलको माग घट्ने अनुमान गरिएको छ । चीनका विभिन्न कार कम्पनीले आफ्ना उत्पादनलाई बिजुलीबाट चल्ने ढाँचामा बदल्न सुरु गरिसकेका छन् ।

 

यसअघि बेलायत र फ्रान्सले पनि सन् २०४० भित्र डिजेल र पेट्रोलबाट चल्ने गाडीको उत्पादन बन्द गर्ने योजना अघि सारेका थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);