आमाकै अगाडि नदीमा हाम फालिन् छोरी, कारण मोबाईल (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

काठमाडौँ, २५ भदौ । भारतको लखनउमा एक बालिकाले आमाले मोबाईल नकिन्दिएको झोकमा पुलबाट नदीमा हाम फालेर आत्महत्या गरेकी छन्। लखनउको रूपपुर खदरा हसनगंजमा बस्दै आएका बेचुलाल र कमलाकी १४ वर्षकी छोरी खूशी स्थानीय निजी विद्यालयको कक्षा ६ मा पढ्दै थिईन्। गत शनिबार खूशीले स्कुलबाट फर्किएपछि आफ्नी आमालाई मोबाईल किन्दीन आग्रह गरिन्।

तर आमाले अस्वीकार गरेपछि उनी तुरुन्तै बाहिर निस्किएर नदिमाथिको पुलबाट हाम फालेर आत्माहत्या गरेको दैनिक भास्करको अनलाईन संस्करणले उल्लेख गरेको छ। मृतक खूशीका बाबुले भनेका छन् छोरीले नयाँ मोबाईल किन्दीन भनिन् तर श्रीमती कमलाले अहिले नै मोबाईल नकिन्दिने बताएपछि छोरी दौडिँदै बाहिर निस्किन्, जसलाई हामीले आज मुडो मात्रै भेट्यौ।

 

आमाकै अगाडि आत्महत्या
खूशी रिसले चुर हुँदै बाहिर दगुरेपछि आमापनि पछिपछि लागिन् तर आमाले जब छोरीलाई देखिन् त्यतिबेला खूशी गोमती नदी पुलको रेलिंगमाथि चढेर सिधै नदीमा हाम फालिन्।

खबर पाएको केही समयमै आएको प्रहरीले खोजी गर्दा खूशीलाई भेट्टाउन सकेन । भोलिपल्ट आइतबार अग्रशेन घाटमा उनको शव फेला परेको छ।

 

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);