मिसाइल बैज्ञानिकहरुसँग उत्तर कोरियाली नेताको रात्रिभोज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एजेन्सी, २५ भदौ । उत्तर कोरियाली नेता किम जोङ उनले हालै गरेको क्षेप्यास्त्र परीक्षणको काममा निकै ठूलो सफलता हात पारेको भन्दै रात्रीभोज सम्पन्न गरेका छन् ।

 

उनले यसलाई आफ्नो देशको ठूलो सफलता हो भन्दै यसप्रति सिंगो देशले नै गर्व गर्नुपर्नेमा जोड दिए । उत्तर कोरियाली सञ्चारमाध्यमहरुले आइतबार सो जानकारी दिएका छन् ।

उत्तर कोरियाली नेताले उक्त हाइड्रोजन बमको परीक्षणका अन्वेषक र यसमा संलग्न मिसाइल बैज्ञानिकहरुसँग शनिबार राति रात्रिभोज आयोजना गरेका हुन् ।

 

उनले ती बैज्ञानिकहरुलाई विशेष धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा थप हतियारको विकासका लागि पनि निर्देशन दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);