बागलुङदेखी पोखरासम्म विद्युतीय माइक्रो बस चल्यो,भाडा कति ? | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

बागलुङदेखी पोखरासम्म विद्युतीय माइक्रो बस चल्यो,भाडा कति ?

electricity bus

काठमाडौं,१३ चैत्र । बागलुङदेखी पोखरासम्म विद्युतीय माइक्रो बस सेवा सञ्चालनमा आएको छ । सार्वजनिक यातायातका रूपमा प्रयोग गर्न नेपालमा ल्याइएको गाडी अन्य जिल्लामा सफल परीक्षण भएकोले बागलुङबाट पनि सञ्चालन गरिएको हो ।

बस बागलुङ नगरपालिका ४ उपल्लाचौरदेखि श्रीनगर टोल हुँदै बाजरको मुख्य सडकबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको गेटसम्म पुग्ने छ । हरेक दिन बिहान ६ बजे, ८ः३० बजे, ११ः३० बजे र ४ बजे छुट्ने छ भने पोखरादेखि पनि बागलुङको लागि सोही समयमा छुट्ने छ । विद्युतिय बस निर्धारित समयमै छुट्ने र २ घण्टामा पोखरा पुग्ने बताईएको छ ।

पहिलो चरणमा बागलुङबाट पोखरासम्म एक करोड १० लाख रुपैयाँ लागतमा सेवा सञ्चालन गरिएको हो । क्रमशः बागलुङबाट काठमाण्डौ, नारायणगढ लगाएतका शहरहरुमा समेत संचालन गर्ने योजना रहेको बताईएको छ । पुराना डिजेल र पेट्रोलबाट चल्ने सार्वजनिक यातायातलाई विस्थापित गरेर नयाँ विद्युतीय सार्वजनिक यातायात चलाउने सरकारको नीति रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);