फ्लोरिडामा दशककै शक्तिशाली चक्रवात आँधी आउन सक्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

एजेन्सी, २१ भदौ । इर्मा नामक शक्तिशाली चक्रवात आँधी आन्ध्रमहासागरको क्यारीबीयन क्षेत्रमा प्रवेश गरेको छ । दशककै सबैभन्दा विनासकारी भनिएको सो आँधीको गति ३००किलोमिटर प्रतिघण्टा रहेको छ ।

 

सो आँधीले एन्टिगुवा, बर्बुडा लगाएतका फ्रान्सका टापु बार्थेलेमी र सेन्ट मार्टिन लगाएतका क्षेत्रमा प्रवेस गरिसकेको र ठुलो रुपमा क्षति पुर्याएको बीबीसीले जानकारी दिएको छ ।

 

एन्टिगुवाका सञ्चार माध्यमका अनुसार आँधीले खासै असर नगरेको तर उक्त आँधीको वेग निकै तीब्र रहेको र बर्बुडामा ९५ किलोमिटर प्रतिघण्टाले चलेको अधिकारीहरुले जनाएका छन् । बर्थेमेलीमा भने आँधीका कारण ठुलो बाढी आएको छ ।

 

सो आँधी अब पिर्ओटो रिको र डोमीनीकन रीपब्लिकमा विध्वंस मच्चाएर अमेरिकाको फ्लोरिडामा प्रवेश हुन सक्ने अधिकारीहरुले अनुमान गरेका छन् । त्यहाँका गोर्भनरले आँधीबाट मानवीय क्षति हुन नदिन तटिय क्षेत्र खाली गर्न निर्देशन दिएका छन् ।

इर्मा गत साता टेक्सासमा आएको हार्वी भन्दा पनि बढि शक्तिशाली रहेको दावी गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);