रामरहीम बारे अर्को खुलासा : यति महंगो मूल्यमा बेच्थे 'प्रसाद', के को मूल्य कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एजेन्सी । यौन शोषण काण्डमा जेलमा २० वर्षको सजाय काटिरहेका भारतका धर्मगुरुको नामले परिचित गुरमीत रामरहीमको एक पछि अर्को वास्तविकता खुल्दै गएको छ ।

 

धर्मको आडमा ब्याल्याकमेल गर्ने र आफ्नै भक्तहरुमाथि अन्याय गर्ने गरेका रामरहीमको एक अर्को कर्तुत बाहिरिएको छ । उनले भगवानको प्रसादको नाममा एउटै मेवालाई ५ हजारसम्म बेच्ने गर्दथे । त्यतिमात्र होइन उनले गोलभेँडाको पाँच वटा दानालाई एक हजारमा बेच्दथे । उनीप्रति अन्ध भक्त भएका भक्तहरुले बाबाले दिएको प्रसाद मानेर जति पैसा पनि तिर्ने गर्दथे ।

 

रामरहीमले बेचेको फलफूल र सब्जी खाएमा रोग निको हुने भ्रम थियो । यतिसम्मकी भक्तजनले एउटा खुर्सानीलाई एक हजारसम्म तिरेर लाने गर्दथे ।

 

७ सय हेक्टरमा फैलिएको उनको डेरामा उनले खेती गर्ने गर्दथे । त्यहाँ फलेका सब्जीहरु भक्तको घरमा पुराउने जिम्मा भंगीदास नाम गरेको व्यक्तिको थियो । बाबाको बारीमा फलेको सब्जी महंगो रकम तिरेर किन्न पाउनुमा नै भक्तहरु ऋाफूलाई भाग्यमानी ठान्दथे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);