एजेन्सी, १९ भदौ । हामीले प्राय फिल्म वा कुनै नाटकमा देख्ने गर्छौ कि कुनै हिरो अथवा हिरोइनले आफ्नो पे्रमीका खातिर आफ्नो भए जतिको सम्पत्ति सबै त्यागी दिन्छन् । त्यस्तै गरेकी छिन् जापानकी राजकुमारी माकोले । उनले आफ्नो अपार सम्पत्ति भन्दा प्रेमीको साथलाई चुनेकी छिन् ।
आइतबार एक पे्रस सम्मेलन गर्दै उनले आफ्नो प्रेमलाई अब चाँडै नै इंगेजमेन्टको नाम दिने भनाइ राखेकी छिन् । उनी अब राजाको स्वीकृतीको पर्खाइमा छिन् ।
जापानका कानुन अनुसार शाही खान्दानका कोही सदस्यले यदि बाहिरी पुरुषसँग प्रेम अथवा विवाह गर्न चाहन्छन् भने उनीहरुलाई राज खान्दान मानिदैन । फलस्वरुप उनीहरुले राजपरिवारको हैसियत गुमाउने छन् । तर यो नियम शाही खान्दानको पुरुषमा लागु हुँदैन ।
ती पुरुषको नाम भने केइ कोमुरो हो जसको मुस्कान राजकुमारीको लागि आकर्षणको विषय बनेको थियो ।
पारिवारिक दबाबका बाबजुद पनि उनले आफ्नो प्रेम यात्रा सफल बनाउने भएकी छिन् ।