शान्तिपूर्ण प्रदर्शन तथा विरोधको अधिकारलाई सम्मान गर्न म्यानमारको सैनिक नेतृत्वसँग राष्ट्रसंघको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

शान्तिपूर्ण प्रदर्शन तथा विरोधको अधिकारलाई सम्मान गर्न म्यानमारको सैनिक नेतृत्वसँग राष्ट्रसंघको आग्रह

एजेन्सी, ४ फागुन । संयुक्त राष्ट्रसंघले जनताको शान्तिपूर्ण प्रदर्शन तथा विरोधको अधिकारलाई सम्मान गर्न म्यानमारको सैनिक नेतृत्वसँग आग्रह गरेको छ । म्यानमारमा सैन्य कू को विरोधमा भइरहेकोे आम प्रदर्शनमा दवाउन खमेजिएको आशंका गर्दै राष्ट्रसंघले यस्तो आग्रह गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

राष्ट्रसंघले शान्तिपूर्ण विरोध तथा प्रदर्शन गर्न पाउने जनताको अधिकारको रक्षा तथा सम्मान गर्न सैनिक नेतृत्वसँग भनेको हो । सत्ताको नेतृत्वमा रहेका म्यानमारको सेनाका अधिकारीसँगको टेलिफोन वार्तामा राष्ट्रसंघका विशेष दूत क्रिष्टिन श्रेयनर बग्नरले प्रदर्शनकारीमाथि हुने कुनै पनि प्रकारको ज्यादतीको गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी समेत दिनुभएको छ ।

म्यानमार सेनाका सह प्रमुख हेट सोए विनसँग टेलिफोन वार्ता गरि सचेत गराउनु भएको हो । प्रदर्शन दवाउन सेनाले पछिल्लो दुई दिनदेखि रातिको समयमा इन्टरनेट सेवा अवरुद्ध गरेको छ। मुख्य शहरहरुमा हतियार सहित सेनाका बख्तरबन्द गाडीहरुको तैनाथी गरिएको छ ।

प्रदर्शनकारीहरुले मंगलबार पनि विरोध जारी राखेका र प्रदर्शनकारीहरु सानो–सानो समूहमा रहेको बताइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);