भारतमा संक्रमित संख्या २ करोड नाघ्यो, अझै केही महिना खोप अभाव रहने उत्पादकको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भारतमा संक्रमित संख्या २ करोड नाघ्यो, अझै केही महिना खोप अभाव रहने उत्पादकको चेतावनी

एजेन्सी । भारतमा कोरोना संक्रमित हुनेको संख्या दुई करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा तीन लाख पचास हजारभन्दा धेरै संक्रमितसहित भारतमा संक्रमित हुनेको कुल संख्या दुई करोड दुई लाख ८२ हजार ८ सय ३३ पुगेको हो ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका १६ लाख ६२ हजार ७ सय ४२ पीसीआर परीक्षणमा तीन लाख ५७ हजार २ सय २९ मा संक्रमण पुष्टि भएको हो ।

दैनिक संक्रमित संख्या चार लाख नाघिसकेको भारतमा पछिल्लो तीन दिन संक्रमित संख्यामा केही कमी आएको छ । अघिल्लो २४ घण्टामा १५ लाख ४ हजार ६सय ९८ पीसीआर परीक्षणमध्ये तीन लाख ६८ हजार १ सय ४८ मा संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ४ सय ४९ को संक्रमणका कारण मृत्यु भएको छ । भारतमा हालसम्म दुई लाख २२ हजार ४ सय ८ संक्रमितको मृत्यु भईसकेको छ ।
हाल भारतमा ३४ लाख ४७ हजार एक सय ३३ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका तीन लाख २० हजार २ सय ८९ सहित भारतमा जम्मा एक करोड ६६ लाख १३ हजार २ सय ९२ संक्रमणमुक्त भईसकेका छन् । भारतमा हालसम्म १५ करोड ८९ लाख ३२ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाई सकेका छन् ।

यसैक्रममा विश्वकै ठूलो खोप उत्पादक भारतको सेरम इन्स्टिच्युडले भारतमा अझै केही महिना खोपको अभाव रहने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री मोदी नेतृत्वको सरकार महामारी नियन्त्रणमा असफल भएको अवस्थामा खोपको अभाव जुलाईसम्म जारी रहने सेरम इन्स्टिच्युडका प्रमुख कार्यकारी निर्देशक अदार पुनावालाले चेतावानी दिएका हुन् ।

भारतमा पछिल्लो केही हप्ता यता कोरोना खोप अभावले खोप अभियान प्रभावित भएको थियो भने संक्रमण तीब्र रहेको समयमा पनि खोप अभियान जारी गरेर भिडभाड हुन दिएको भन्दै मोदीको आलोचना भईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);