वीरगञ्जमा ३४ वर्षीय संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वीरगञ्जमा ३४ वर्षीय संक्रमितको मृत्यु

पर्सा । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजद्वारा सञ्चालित बाबा होटल कोभिड अस्पतालमा उपचारत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्सागढी नगरपालिका वडा नम्बर ९ का ३४ वर्षीय पुरुष रहेका छन् । उनको मंगलबार बिहान साढे सात बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सन विनय कुमार श्रीवास्तवले जानकारी दिए ।

बैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई बैशाख १८ गते मात्रै अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको श्रीवास्तवले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);