धौलागिरी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

धौलागिरी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु

बागलुङ । बागलुङको धौलागिरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट जिल्लाको ताराखोला गाँउपालिका ३ कीतेजुमाया भण्डारी रियारको मृत्यु भएको हो ।

३० वर्षीय भण्डारी ताराखोला सदस्य समेत हुन् । उनको धौलागिरी अस्पतालमा आइसियुमा राखेर उपचार गर्दै गर्दा सोमबार राति मृत्यु भएको धौलागिरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शैलेन्द्र विक पोख्रेलले जानकारी दिए ।

भण्डारी ताराखोला गाउँपालिका वडा नम्बर ३ बाट निर्वाचित महिला सदस्य हुन् । उनी करिब एक हप्ता अघिदेखि बिरामी परेको बताइएको छ । ताराखोला गाउँपालिकामा हाल १२ जना संक्रमित रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);