मुख्यमन्त्री गुरुङद्वारा बागलुङका कोरोना संक्रमितको अवस्थाबारे जानकारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मुख्यमन्त्री गुरुङद्वारा बागलुङका कोरोना संक्रमितको अवस्थाबारे जानकारी

mukhyamantri gurung

बागलुङ,  २८ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बागलुङका दुई कोरोना संक्रमितको अवस्था अवलोकन गर्नु भएको छ । बिहिबार मात्र टेलिफोन मार्फत पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिएका मुख्यमन्त्री गुरुङले शुक्रवार बाग्लुङ पुगी संक्रमितको अवस्था वारे जानकारी लिनु भएको हो ।

मुख्य मन्त्री गुरुङले कोरोनाको रोमथामको लागि कुनै कसर बाँकी नराख्न स्वास्थ्यकर्मीलाई निर्देशन पनि दिनुभयो । अस्पातालको भौतिक पुर्वाधारको लागि आवश्यक वजेट व्यवस्था गरेकोले नागरिकको स्वास्थ्य रक्षाको लागि प्रदेश सरकार लागि परेको बताउनु भयो ।

धौलागिरी अस्पतालमा बाग्लुङका १९ बर्षीय युवती र ६५ वर्षीया महिला गरी दुई जना उपचाररत छन् । संक्रमितको उपचारमा सक्रिय चिकित्सक र स्वास्थ्यकर्मीले उनीहरुको अवस्थाका बारेमा जानकारी दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);