मानव अधिकारको अवस्था अनुगमन गर्न उच्चस्तरीय समिति गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मानव अधिकारको अवस्था अनुगमन गर्न उच्चस्तरीय समिति गठन

Rastriya-manab-adhikar-aayog

काठमाडौं, २८ चैत । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट उत्पन्न जटिल परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन गर्न उच्चस्तरीय समिति गठन गरिएको छ।

राष्ट्रिय मानव अधिकार आयोगले नेपाल बार एसोसिएसन, पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघसँग सहकार्य गर्ने निर्णय गरी समिति गठन गरिएको जनाएको छ ।

आयोगद्वारा शुक्रबार जारी विज्ञप्तिअनुसार समितिले कोरोना विरुद्ध लड्न सरकारबाट भइरहेका काम, स्वास्थ्योपचारको व्यवस्था, आम उपभोक्ताको अधिकार, न्याय प्रशासनमा पहुँच, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको कर्तव्य लगायतका विषयमा अनुगमन गरी आयोग र सरकारलाई आवश्यक सुझाव दिनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);