इटलीका प्रधानमन्त्री गिउसेप कोन्टेलाई विश्वासको मत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

इटलीका प्रधानमन्त्री गिउसेप कोन्टेलाई विश्वासको मत

एजेन्सी, ६ माघ । इटलीका प्रधानमन्त्री गिउसेप कोन्टेले विश्वासको मत प्राप्त गर्नुभएको छ । इटालीको तल्लो सदनमा सोमबार भएको मतदानबाट उहाँले विश्वासको मत कायमै राख्नुभएको हो ।

मतदानको नतिजा अनुसार तल्लो सदनका कुल सांसदमध्ये ३२१ जनाले प्रधानमन्त्रीको पक्षमा मतदान गरेका थिए भने २५९ जनाको मत विपक्षमा परेको थियो । संसद सचिवालयका अधिकारीहरुका अनुसार मतदानका बेलामा २७ जना अनुपस्थित रहेका थिए ।

पूर्व प्रधानमन्त्री म्याट्टिओ रेन्जी नेतृत्वको इटालियन भिभा पार्टीले प्रधानमन्त्री कोन्टेलाई पदमुक्त गर्न अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । तर सो प्रस्ताव असफल भएको छ ।

सरकारले बहुमत गुमाएकाले सरकार संकटमा रहेको विपक्षीहरुले अघिल्लो हप्ता दावी गरेका थिए । प्रधानमन्त्री कोन्टेले नयाँ गठबन्धन बनाएर विश्वासको मत बचाउन सफल हुनुभएको हो । पाँच वर्षे कार्यकाल रहेको संसदका लागि गत सन् २०१८ मा आम निर्वाचन भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);