प्रधानमन्त्रीको पक्षमा मतदान गर्न वाम गठबन्धनको ह्वीप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

प्रधानमन्त्रीको पक्षमा मतदान गर्न वाम गठबन्धनको ह्वीप

pm kp oli

काठमाडौं, २७ फागुन । सत्तारुढ एमाले र माओवादी केन्द्रले प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त संसदीय दलको बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् ।

आज अपरान्ह प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । त्यस अघि प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले दुवै पार्टीका प्रतिनिधिसभाका सांसदहरुलाई विश्वासको मत दिन ह्वीप जारी गरेका हुन् ।

दुवै नेताले सरकारको कामलाई प्रभावकारी बनाउन आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्न पनि सांसदहरुलाई सचेत गराए । प्रधानमन्त्री नियुक्त भएको २५ दिनमा प्रधानमन्त्री अ‍ोलीले आज विश्वासको मत लिँदै छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिन भित्र प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

सोही अनुसार प्रधानमन्त्री अ‍ोलीले आज विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री ओलीको पक्षमा दुई तिहाई बढि मत हुने स्पष्ट देखिएको छ । राष्ट्रिय जनता पार्टी, नेपाल, संघीय समाजवादी फोरम, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्ने भएपछि प्रधानमन्त्री ओलीले २ तिहाई भन्दा बढि सांसदको विश्वासको मत पाउनेछन् ।

ओलीलाई बामगठबन्धनको तर्फबाट गत फागुन ३ गते राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रतिनिधिसभामा २ सय ७५ जना सांसद मध्ये एमाले र माओवादी केन्द्रसँग मात्रै १ सय ७४ जना सांसद रहेका छन् ।

त्यसमा राष्ट्रिय जनता पार्टी, नेपालको १७, संघीय समाजवादी फोरम, नेपालको १६ र राष्ट्रिय प्रजातन्त्र पार्टीको १ मत रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);