'राष्ट्रपति निर्वाचन कानुन' संशोधन गर्न आयोगद्वारा दलहरुको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

काठमाडौं, २७ फागुन । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन कानुन संशोधन गर्न राजनीतिक दलहरुको ध्यानाकर्षण गराएको छ । आज कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा भएको राजनीतिक दलहरुसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले कानुनी अड्चनका कारण राष्ट्रियसभामा मनोनित तीन जना संसादले राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने अवस्था आएको भन्दै कानुन संशोधन गर्न ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक भएपछि मात्रै राष्ट्रिय सभामा मनोनित सांसदहरु डा. युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेल राईले सपथ लिएकाले उनिहरु तीनै जनाले राष्ट्रपति निर्वाचनमा मत हाल्न पाउने छैनन् ।

आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनको मिति कानुमै तोकिदिन पनि राजनीतिक दलहरुसँग आग्रह गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई राष्ट्रपति निर्वाचनमा मत बदर हुन नदिन सचेत हुन आग्रह गरेको छ ।