निर्वाचन आयोगद्वारा राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष पेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौं,२८ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । निर्वाचन आयोगका पदाधिकारीहरुले आईतबार विहान ११ बजे राष्ट्रपति कार्यालय शितल निवास पुगी राष्ट्रपति भण्डारीलाई राष्ट्रियसभा निर्वाचनको परिणाम बुझाएका हुन ।

बुधबार ५६ सदस्यका लागि भएको राष्ट्रियसभा निर्वाचनको परिणाम विहिबार सार्वजनिक गरिएको थियो । सोही विवरण आयोगले ७ दिन भित्र राष्ट्रपतिसमक्ष पेश गर्ने संवैधानिक व्यवस्था अनुरुप आज बुझाएको हो । राष्ट्रियसभा निर्वाचनमा एमाले २७ सिटमा विजयी भएर पहिलो दल बन्न सफल भएको थियो ।

त्यसैगरी नेपाली कांग्रेस १३, नेकपा माओवादी केन्द्र १२, राष्ट्रिय जनता पार्टी नेपाल २ र संघीय समाजवादी फोरम नेपाल २ स्थानमा विजयी भएका छन । ५९ सदस्यीय राष्ट्रियसभालाई पूर्णता दिन राष्ट्रपतिले सरकारको सिफारिसमा ३ सदस्य मनोनित गर्ने संवैधानिक व्यवस्था छ । निर्वाचन आयोगले ढिलोमा फागुन ५ गते भित्र प्रतिनिधिसभाको सम्पूर्ण निर्वाचन परिणाम पनि राष्ट्रपति समक्ष पेश गर्ने तयारी गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);