निर्वाचन आयोगले प्रतिनिधिसभाको सम्पूर्ण परिणाम राष्ट्रपतिलाई बुझायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, २ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको छ ।

आयोगका पदाधिकारीहरुले राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रपति भवन सितल निवासमा बुधबार साँझ भेटगरी प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण मत परिणाम बुझाएका हुन ।

प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारहरुको नामावली दलहरुले बुझाएलगत्तै आयोगले आजै सम्पूर्ण परिणाम राष्ट्रपतिलाई बुझाएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रतिनिधि सभा समानुपातिकतर्फ एमालेले ४१, काँग्रेसले ४०, माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालले ६-६ सिटसंख्या बाँडफाँड गरिएको थियो ।

सोही सिटमा सवैधानिक व्यवस्था अनुसार दलहरुले आ–आफ्नो अन्तिम सूचि पेश गरेलगत्तै आयोगले ती उम्मेदवारहरुलाई विजयी भएको घोषणा समेत गरेको थियो ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको सम्पूर्ण निर्वाचन परिणाम राष्ट्रपति समक्ष पेश गरेलगत्तै नयाँ सरकार गठन प्रक्रिया सुरु हुने संवैधानिक व्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);