जसपा नयाँ सरकार निर्माणको खेलमा संलग्न नहुने, वैकल्पिक सरकार गठन गर्ने पार्टीको उद्देश्य नभएको : महन्थ ठाकुर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

जसपा नयाँ सरकार निर्माणको खेलमा संलग्न नहुने, वैकल्पिक सरकार गठन गर्ने पार्टीको उद्देश्य नभएको : महन्थ ठाकुर

काठमाडौं। जनता समाजवादी पार्टी जसपा नयाँ सरकार निर्माणको खेलमा संलग्न नहुने भएको छ ।

अध्यक्ष महन्थ ठाकुरले सोमबार एक विज्ञप्ति जारी गर्दै वैकल्पिक सरकार गठन गर्ने पार्टीको उद्देश्य नभएको भन्दै यस्तो बताएका हुन् ।

प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतको प्रस्तावमा मतदान नगरी तटस्थ बसेका अध्यक्ष ठाकुरले सरकार निर्माण गर्ने पक्षमा पार्टी नरहेको उल्लेख गरेका छन् ।उनले वैकल्पिक सरकार गठन गर्नु मधेश आन्दोलनको भावना र मर्मविपरीत हुनेसमेत उल्लेख गरेका छन् ।

यता अर्का अध्यक्ष उपेन्द्र यादवले भने सोमबार प्रधानमन्त्रीले प्रतिनिधि सभाबाट विश्वास गुमाएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै संयुक्त विज्ञप्ति जारी गरेर नयाँ सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए ।

यससँगै जसपाभित्र नयाँ सरकार गठनका विषयमा विवाद देखिएको छ । प्रधानमन्त्री ओलीलाई मत नदिई ठाकुर पक्षका १५ जना तटस्थ बसेका थिए भने यादव पक्षका सांसदहरुले ओलीको विपक्षमा मत दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);