विद्रोहीको आक्रमणबाट चार प्रहरीको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

विद्रोहीको आक्रमणबाट चार प्रहरीको हत्या

murder

एजेन्सी, ४ पुस । इस्लामाबादको अस्थिर खैबर पख्तुनख्वा प्रान्तमा रहेको प्रहरी चौकीमा विद्रोहीको आक्रमणमा कम्तीमा चार प्रहरी मारिनुका साथै केही घाइते भएका छन् ।

दक्षिणी वजिरिस्तान आदिवासी जिल्लाको सीमावर्ती लकी मारवाटको बरगाई प्रहरी चौकीमा विद्रोहीले हाते ग्रेनेड र रकेट लन्चरलगायत घातक हतियार बोकेका अतिवादीले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीको जबाफी कारबाहीपछि विद्रोहीहरु घटनास्थलबाट भागेका थिए ।

संदिग्धहरुको खोजी गर्न प्रहरी टोलीले सो क्षेत्रमा खोजी अभियान सुरु गरेको छ । खैबर पख्तुनख्वा प्रान्तका मुख्यमन्त्री महमुद खानले आक्रमणलाई कायरतापूर्ण कार्यको संज्ञा दिँदै प्रान्तीय प्रहरी प्रमुखसँग तत्काल रिपोर्ट मागेका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);