शीतयुद्ध नगर्न विश्वका नेताहरुलाई चिनियाँ राष्ट्रपति सीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

शीतयुद्ध नगर्न विश्वका नेताहरुलाई चिनियाँ राष्ट्रपति सीको चेतावनी

एजेन्सी, १३ माघ । चिनियाँ राष्ट्रपति सी चिनफिङले शीतयुद्ध नगर्न विश्वका नेताहरुलाई चेतावनी दिनुभएको छ । विश्व अर्थतन्त्र मञ्च डोभासको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति सीले कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले यसको सामना गर्न एकताको आवश्यक रहेको बताउँदै यस्तो समयमा शीतयुद्ध नगर्न चेतावनी दिनुभएको हो ।

उहाँले शक्तिशाली मुलुकहरुबीच फाटो ल्याउन शीतयुद्ध गर्ने, एकअर्कालाई अस्वीकार गर्ने धम्की दिनेजस्ता गतिविधिले कोरोनाविरुद्धको लडाइँमा सफलता हासिल नहुने बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । साथै राष्ट्रपति सीले अमेरिकाप्रति लक्षित गर्दै एक अर्का मुलुकको अस्थित्व स्वीकार गर्नुपर्नेमा बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय समाजले दीर्घकालीन दृष्टिबाट प्रतिवद्धतालाई व्यवहारमा उतार्दै विकासोन्मुख मुलुकका लागि आवश्यक समर्थन दिनुपर्ने भन्दै उहाँले विकासोन्मुख मुलुकको उचित विकास अधिकारलाई प्रत्याभूति दिनुका साथै हक अधिकार, अवसर र नियमहरुको निष्पक्षरुपमा पालना गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);