ट्रम्पद्वारा गृहराज्य फ्लोरिडामा 'पूर्व राष्ट्रपतिको कार्यलय' स्थापना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

ट्रम्पद्वारा गृहराज्य फ्लोरिडामा ‘पूर्व राष्ट्रपतिको कार्यलय’ स्थापना

एजेन्सी, १३ माघ । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले गृहराज्य फ्लोरिडामा ‘पूर्व राष्ट्रपतिको कार्यालय’ स्थापना गर्नुभएको छ । फ्लोरिडाको पाल्म बिचमा ट्रम्पले कार्यालय स्थापना गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

कार्यालयबाट ट्रम्पले पूर्व राष्ट्रपतिको रुपमा गर्ने सार्वजनिक भूमिका र गतिविधिहरु सञ्चालन हुने, पत्र तथा वक्तव्यहरु आदान प्रदान गर्ने, बैठक तथा भेटवार्ता गर्ने, औपचारिक सम्पर्क गर्नेलगायतका कार्यहरु हुने बताइएको छ । त्यसैगरी ट्रम्पको कार्यकालमा भए गरेका कामहरुको समीक्षा तथा निरन्तर चासो राख्ने र त्यसलाई थप संस्थागत गर्ने कार्यमा पनि यस कार्यालयबाट गतिविधिहरु हुने जनाइएको छ ।

राष्ट्रपति जो बाइडेनको प्रशासनले गरेका कामहरुप्रति टिप्पणी गर्ने र जनमत आफ्नो पक्षमा पार्ने रणनीति पनि यस कार्यालयको हुनेछ । कार्यालयको नामलाई आधार मान्दा ट्रम्प सन् २०२४ मा हुने राष्ट्रपतिको निर्वाचनमा पनि उम्मेदवार बन्न सक्ने टिप्पणी गरिएको छ ।

ह्वाइट हाउस छोडेपनि ट्रम्पले पूर्व राष्ट्रपतिको रुपमा सक्रिय र हस्तक्षेपकारी भूमिका भने खेलिरहने विश्लेषण गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);