राष्ट्रपति कार्यालय कब्जा गरेपछि तालिवानद्वारा देशमा युद्ध समाप्त घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

राष्ट्रपति कार्यालय कब्जा गरेपछि तालिवानद्वारा देशमा युद्ध समाप्त घोषणा

एजेन्सी । अफगानिस्तामा राष्ट्रपति कार्यालय कब्जा गरेपछि तालिवानले देशमा युद्ध समाप्त भएको घोषणा गरेको छ ।

प्रान्तीय राजधानीहरु नियन्त्रणमा लिंदै आइतबार राती राष्ट्रपनि भवन प्रवेश गरेपछि तालिवान नेताहरुले आफूहरुले युद्ध जितेको र अब अफगानिस्तानमा युद्ध सकिएको घोषणा गरेका हुन ।

राष्ट्रपनि भवन प्रवेश गरेसँगै अल जजिरा टेलिभिजनसँग कुरा गर्दै अफगानिस्तानका जनताको मुक्ति आन्दोलन सफल भएको र आफूहरुले चाहेको जित पनि हासिल भएको तालिवान नेताले बताएका छन् ।

साथै उनीहरुले विदेशी शक्तिहरूलाई अफगानिस्तानमा फेरि हस्तक्षेप गरेर असफल हुने प्रयास नगर्न पनि चेतावनी दिएका छन् । तालिबान लडाकु काबुल पुगेसँगै राष्ट्रपति अशरफ घानीले आइतबार अपरान्ह देश छाडेर काजकिस्तान गएको बताइए पनि उनी उज्वेकिस्तान पुगेको विवरण अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले दिएका छन् ।

यसैबीच, राजधानी काबुलमा तालिबानको पूर्ण पकड भएपछि अमेरिकाले काबुल अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट आफ्नो अस्थायी दूतवास चलाएको छ । दूतावासका कर्मचारीलाई हेलिकप्टरबाट विमानस्थल पुर्याएर त्यहीं अमेरिकी झण्डा राखेर काम गरिएको जनाइएको छ । केही हजार अमेरिकी सेना पनि विमानस्थलमै रहेकाले काबुल विमानस्थल अझैसम्म अमेरिकाको नियन्त्रणमै रहेको अनुमान गरिएको छ । अर्कोतर्फ तालिबानले अफगानिस्तानलाई कब्जामा लिएसँगै विश्वका धेरै देशले चासो र चिन्ता देखाएका छन् ।

राष्ट्रपति घानीले रक्तपातबाट देशलाई बचाउन देश छोडेको प्रतिकृया दिनुभएको छ । तालिबानले भाला र बन्दुकको बलमा जित हासिल गरेको भन्दै घानीले देशवासी, उनीहरुको सम्मान, सम्पत्ति र आत्मसम्मानको रक्षा गर्नु अब तालिबानको जिम्मा रहेको पनि बताउनु भएको छ । यस्तै, उहाँले तालिबानले अब नयाँ ऐतिहासिक परीक्षाको सामना गर्ने पनि उल्लेख गर्नु भएको छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);