'पाकिस्तानी सेनाले अफगानिस्तानमा आक्रमण गरे युद्ध कहिल्यै समाप्त हुँदैन' | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

‘पाकिस्तानी सेनाले अफगानिस्तानमा आक्रमण गरे युद्ध कहिल्यै समाप्त हुँदैन’

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले देशको सेना र सरकारलाई चेतावनी दिएका छन् । खानले आफ्ना मन्त्रीहरूले अफगानिस्तानमा आक्रमण गर्ने धम्की दिइरहेका उल्लेख गर्दै पाकिस्तानी सेनाले अफगानिस्तानमा आक्रमण ग¥यो भने युद्ध कहिल्यै समाप्त नहुने चेतावनी दिएका हुन् ।

इमरानको यो भनाइ धेरै हिसाबले अर्थपुर्ण तरिकाले हेरिएको छ। वास्तवमा, गृहमन्त्री राणा सनाउल्लाहले गत हप्ता तालिबान पाकिस्तान (टीटीपी) आतंकवादीहरूले पाकिस्तानमा आक्रमणहरू गरिरहेका बताएका थिए । उनीहरुले अफगानिस्तानमा आश्रय पाएका छन् । यदि यी आक्रमणहरू तुरुन्तै रोकिएन भने, हाम्रो सेना अफगानिस्तानमा प्रवेश गर्नेछ र आक्रमण गर्ने चेतावनी दिएका थिए ।

गत महिना तालिबान आक्रमणका कारण पाकिस्तानमा धेरै क्षति भएको थियो ।

इमरानलाई उनका आलोचकहरूले तालिबान खान भनेका छन् । इमरानले संसदमा ओसामा बिन लादेनलाई शहीद घोषणा पनि गरेका थिए । मंगलबार पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै इमरानले लामो समयपछि अफगानिस्तानको कुरा गर्दै भने,‘अफगानिस्तान हाम्रो छिमेकी हो र उनीहरुसँग हाम्रो सम्बन्ध बलियो हुनुपर्छ । हाम्रो सरकारले जनतासामु झुट बोल्न बन्द गरेर सत्य बोल्नुपर्छ ।’

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);