झूठो कथा बुनेर आगोसँग खेलिरहेको भन्दै पछुताउनुपर्ने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

झूठो कथा बुनेर आगोसँग खेलिरहेको भन्दै पछुताउनुपर्ने चेतावनी

russia belayat

काठमाडौं, २३ चैत । रुसले बेलायतलाई झूठो कथा बुनेर आगोसँग खेलिरहेको भन्दै पछुताउनुपर्ने चेतावनी दिएको छ ।

रुसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा बेलायतलाई जासूस प्रकरणमा झूठो मुद्दा बनाएर आगोसँग जिस्किरहेको भन्दै पछुताउनुपर्ने चेतावनी दिएको हो । रुसी राजदूत भासिली नेबेन्जिआले बेलायतको मूख्य लक्ष्य नै रुसलाई बदनाम गर्नु रहेको भन्दै यसको परिणाम नराम्रो हुने चेतावनी दिए । उनले डरलाग्दो र अपुष्ट आरोप लगाएर बेलायतले आगोसँग खेलेको बताए । बेलायतले पूर्वजासुसमाथिको रासायनिक आक्रमणमा रुसको हात रहेको अरोप लगाउँदै आएको छ ।

बेलायतको आरोपपछि विश्वका दुई दर्जनभन्दा बढी मुलुकले रुसी कुटनीतिज्ञलाई देश निकाला गरिसकेका छन् । रुसले आफूमाथि अनावश्यक आरोप लगाएको भन्दै छलफलका लागि सुरक्षा परिषदको विशेष बैठक आह्वान गरेको थियो । बैठकमा रुसी राजदूत नेबेन्जिआले औचित्यहीन विषय उचालेर बेलायतले प्रोपोगन्डा युद्ध गरिरहेको आरोप लगाए ।

पूर्वरुसी जासूस सर्गेई स्क्रिपल र उनकी छोरी युलियामाथि विष खुवाएर मार्ने षड्यन्त्र गरेको आरोप रुसमाथि लागेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);