फीनसेन फाइल्स प्रकरणः बहुराष्ट्रिय बैंकहरुको शेयर मूल्य ह्वात्तै घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

फीनसेन फाइल्स प्रकरणः बहुराष्ट्रिय बैंकहरुको शेयर मूल्य ह्वात्तै घट्यो

एजेन्सी, ७ असोज । बेलायती बहुराष्ट्रिय बैंक एचएसबीसीको शेयर मूल्य घटेर सन् १९९५ यताकै न्यून स्तरमा ओर्लिएको छ । बैंकमाथि सम्पत्ति शुद्धीकरणको आरोप लागेसँगै सोमबार शेयर मूल्य ह्वात्तै घटेको हो ।

घोटाला भएको थाहा हुँदाहुँदै पनि बैंकले यस्तो कार्यमा संलग्न व्यक्तिहरूलाई विश्वभर करोडौं डलर पठाउन दिएको सूचना हालै चुहिएको गोप्य फाइलले देखाएको छ । बैंकले पछिल्लो समय हङकङको राजनीतिक तनाव र महामारीको प्रभाव लगायत अनेक दबाबको सामना गरिरहेको छ ।

सोमवार हङकङमा एचएसबीसीको शेयरमूल्य ४ प्रतिशतभन्दा धेरैले घटेर ३० हङकङ डलरभन्दा तल आएको थियो । लन्डनमा भने शेयरमूल्य ५ प्रतिशत तल आएको छ । बैंकको मुख्यालय लन्डनमा छ । यसको आधा भन्दा धेरै मुनाफा एशियाबाट आउँछ ।

लन्डन र हङकङ दुवैतिरको शेयर बजारमा कम्पनीको शेयर महत्वपूर्ण तत्व हो । प्रतिस्पर्धी बैंक स्ट्यान्डर्ड चार्टर्ड र बार्कलेजको शेयर पनि प्रभावित भएका छन् । सोमवारको कारोबारमा स्ट्यान्डर्ड चार्टर्डको शेयरमूल्य ५ प्रतिशतले घट्दा बार्कलेजको ६ प्रतिशतले घटेको थियो ।

जर्मनीमा दोयचे बैंकको शेयरमूल्यमा ६ प्रतिशतको कमी आएको थियो । सो दस्तावेज चुहिनुअघि नै बैंक दबाबमा थियो । यस वर्षको अहिलेसम्मको अवधिमा बैंकको शेयर करीब ५० प्रतिशतले घटिसकेको छ । पछिल्लो एउटा खुलासाअनुसार बैंकले सन् २०१३ र २०१४ मा आफ्नो अमेरिकी व्यवसायमार्फत एचएसबीसीको हङकङस्थित खातामा रकम सारेको थियो ।

एचएसबीसीको ८ करोड अमेरिकी डलर बराबरको घोटालाको विस्तृत विवरण बैंकहरूको सन्दिग्ध गतिविधिसम्बन्धी एक प्रतिवेदनमा उल्लेख गरिएको छ । सार्वजनिक उक्त गोप्य दस्तावेजलाई फीनसेन फाइल्स भनिएको छ ।बैंकले भने त्यस्ता गतिविधिबारे जानकारी गराउने विषयमा सधैं आफ्नो कर्तव्य पुरा गरेको बताएको छ ।

अमेरिकामा सम्पत्ति शुद्धीकरण सम्बन्धी मामिलामा बैंकलाई १ अर्ब ९ करोड डलर जरिवाना गरिएलगत्तै सो घोटाला सम्बन्धी गतिविधि शुरू भएको बताइएको छ । त्यतिबेला बैंकले यस्ता अभ्यासहरूलाई रोक्ने प्रतिज्ञा गरेको थियो । फीनसेन फाइल्समा २ हजार ६ सय ५७ दस्तावेजबारे खुलासा भएको हो, जसमा २ हजार १०० शंकास्पद गतिविधि उल्लेख गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);