३.६३ अंक घट्याे शेयर बजार, साढे २ अर्बभन्दा बढीको कारोबार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

३.६३ अंक घट्याे शेयर बजार, साढे २ अर्बभन्दा बढीको कारोबार

काठमाडाैं, १९ असाेज । साेमबार शेयर बजार सूचक मापक नेप्सेमा साढे ३ अंकको सामान्य करेक्शन आएको छ । अल्पकालीन लगानीकर्ताले छोटो समयमा आएको नाफा सुरक्षित गर्दा बजारमा सामान्य करेक्शन आएको हो ।

बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलताका कारण बैंक ब्याजदर न्यूनतम हुँदा शेयर बजारमा कोभिड असरका बीच पनि वृद्धि टिक्दै आएको छ । धेरै बढेर सामान्य करेक्शन हुने अवस्थाले पनि त्यसको स्पष्ट संकेत गर्दछ ।

हाल बैंकहरुले साधारण बचतको ब्याजदर ३ प्रतिशतभन्दा कममा झारेका छन् । जसले गर्दा बैकमा बचत राख्नुभन्दा सूचीकृत कम्पनीबाट प्राप्त हुने लाभांशदर उच्च हुँदा शेयर बजारमा लगानी आइरहेको छ । त्यसको अलवा शेयर बजारमा गरिने लगानीबाट पूँजीगत लाभ हासिल हुने अवसर पनि रहन्छ । सोही कारण शेयर बजारमा लगानी बढिरहेको हो ।

सोमबार १९३ कम्पनीका ९५ लाख १८ हजार ७६५ कित्ता शयर ३९ हजार ५८७ पटक खरीद बिक्री हुँदा कारोबार रकम २ अर्ब ५७ करोड ८६ लाख ७ हजार नाघेको छ । आइतबार ३ अर्ब १७ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएकोमा ६० करोड बढीले कारोबार रकम घटेको हो । शेयर बजार अझै बढ्ने आशामा घट्दो मूल्यमा शेयर बिक्रीकर्ताले शेयर बिक्री गर्न नखोज्दा सोमबार कारोबारमा संकुचन आएको हो ।

५० करोड रुपैयाँभन्दा धेरै चुक्ता पूँजी रहेका ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स भने ०.११ अंकले बढेर ३१२.४६ बिन्दुमा बन्द भएको छ । सोमबार शेयर बजारमा सूचीकृत सबै कम्पनीहरुको कूल बजार पूँजीकरण २१ खर्ब ८ अर्ब रुपैयाँ रहेको छ ।

सोमबारको कारोबारमा जलविद्युत उपसमूहमा सूचीकृत अधिकांश कम्पनीहरुको शेयरमूल्य बढेको छ । कारोबारमा आएका १२ उपसमूहका परिसूचकमध्ये जलविद्युतको इन्डेक्स सबैभन्दा धेरै २.१४ प्रतिशतले बढेको छ भने शीर्ष शेयरमूल्य बढ्ने दश कम्पनीमा सात वटा यसै समूहका कम्पनीहरु अटाएका छन् ।

३० प्रतिशत स्वपूँजी तथा ७० प्रतिशत ऋणपूँजीबाट निमार्ण हुने आयोजनाहरुले लिएको बैंक ब्याजदर घट्दा यस्ता आयोजनाको खर्च घट्ने र कोभिडको असर जलविद्युत आयोजना तथा निमार्ण सम्पन्न भैसकेका आयोजनामा अत्यात्तै न्यून मात्रामा पर्ने हुँदा पनि अंकित मूल्यभन्दा तल झरेका र अण्डभ्यालुड शेयरमा लगानीकर्ताहरुको लगानी बढ्दा विस्तारै सस्ता शेयरमूल्य भएका कम्पनीको शेयरको मूल्य उकालो लागिरहेको हो ।

जलविद्युतलाई पच्छाउँदै विकास बैंकको इन्डेक्स पनि १।२४ प्रतिशतले उकालो लागेको छ । केही विकास बैंकहरुलाई वाणिज्य बैंकले प्राप्ती गर्ने अपुष्ट सूचना फैलाएर चलखेल गर्ने समूहका कारण पनि विकास बैंकको शेयरमूल्य बढिरहेका छन् ।

यस्तै आज म्युचुअल ०.८१, होटल ०.२४ र अन्य ०.१२ प्रतिशतले बढेको छ । उता उत्पादन तथा प्रशोधनमा सूचीकृत कम्पनीहरुको शेयरमूल्य घट्दा इन्डेक्स १.६७ प्रतिशतले घटेको छ । निर्जीबन बीमाको सूचक पनि १.४३ प्रतिशतले घटेको छ । जीबन बीमा ०.८४, ब्यापार ०.६७, वित्त ०.५५, लघुवित्त ०.४२ र बैंकिङ्ग ०.३१ प्रतिशतले घटेको छ ।

आज तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सोमबारको बजारमा कामना सेवा विकास बैंक, रैराङ हाइड्रोपावर, नेपाल फाइनान्सको शेयरमूल्य करिब १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।

रिडी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, लुम्बिनी विकास बैंक, युनियन हाइड्रोपावर, अपि पावर, अरुण काबेली, दीब्यश्वरी हाइड्रोपावरको शेयरमूल्य बढेको हो । दशौं ठूलो शेयरमूल्य बढेको दीब्यश्वरी हाइड्रोपावरको ५।७७ प्रतिशतले मूल्य बढेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);