शेयर बजारमा सामान्य सुधार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

शेयर बजारमा सामान्य सुधार

nepal stock exchange

काठमाडौं, ४ चैत । गत साताबाटै ऋणात्मक रहेको शेयर बजारमा बुधबार सामान्य सुधार देखिएको छ । अघिल्ला दिनहरुको तुलनामा बुधबार शेयर बजार बजार ४० दशमलब ४० अंकले बढेको छ ।

बजारमा आएको यो सुधारसँगै नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक २४३२.१४ अंकमा पुगर अडिएको छ । नेप्से सुचकमा बृद्धि भएपनि कारोवार रकमभने अघिल्ला दिनहरुकै हाराहारीमा सिमित रहेको छ ।

बुधबार बजारमा ३ अर्ब ३७ करोड रुपैयाँ कारोबार भएको छ । कुनै बेला १० अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुने गरेको शेयर बजारमा यतिबेला कारोबार रकममा समेत गिरावट देखिएको छ ।

बुधबार भएका कारोबारमा नेप्सेले वर्गिकरण गरेका १३ वटै समुहको सूचकमा वृद्धि भएको छ । बुधबार सबैभन्दा बढी नेपाल इन्फास्ट्रक्चर बैंक निफ्राको प्रतिकित्ता ५३० का दरले २० करोड रुपैयाँको कारोबार भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);