नेप्सेले माग्यो निफ्रासँग स्पष्टिकरण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेप्सेले माग्यो निफ्रासँग स्पष्टिकरण

काठमाडौं, ४ चैत । नेपाल स्टक एक्सचेन्ज नेप्सेले नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्रासँग स्पष्टीकरण सोधेको छ । निफ्राका सीईओ रामकृष्ण खतिवडाले लगानीको विषयमा विभिन्न सञ्चार माध्यमहरुमा बोलेको बिषयलाई लिएर नेपाल स्टक एक्सचेन्ज नेप्सेले बुधबार बैंकलाई स्पष्टिकरण सोधेको हो ।

सिईओ भट्टराईले विभिन्न सञ्चारमाध्यममा, निफ्राले ३ करोड डलरको बण्ड ल्याउने र सो बण्ड लण्डन स्टक एक्सचेन्जमा सूचीकरण हुने, साढे ८ प्रतिशत ब्याजदरमा बण्ड निष्कासन गर्ने बताएका थिए ।

यसैगरि भट्टराईले, निफ्रामा विदेशी साझेदार भित्र्याउने र १० प्रतिशत लाभांश दिने, बिमा बण्ड निष्कासन गर्ने जस्ता सूचना नआई सार्वजनिक गरेको भन्दै बैंकलाइ स्पष्टीकरण सोधेको नेप्सेले जनाएको छ । नेप्सेले ३ दिन भित्र स्पष्टीकरण पेश गर्न निफ्रालाई निर्देशन दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);