नेप्सेमा रुरु जलविद्युतको सेयर मूल्य समायोजन, समायोजनपछिको मूल्य कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेप्सेमा रुरु जलविद्युतको सेयर मूल्य समायोजन, समायोजनपछिको मूल्य कति ?

काठमाडौं । रुरु जलविद्युत परियोजनाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्सेले) गत आर्थिक वर्षको बोनस सेयरका लागि रुरु जलविद्युतको सेयर मूल्य समायोजन गर्दै प्रतिकित्ता ७५१.८२ रुपैयाँ कायम गरेको हो ।

यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ८२७ रुपैयाँ थियो । अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ । लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले २७ असोजमा बु्क क्लोज गर्ने निर्णय गरेको छ । २६ असोजसम्म कायम सेयरधनीहरू मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन् ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);