३० अंकले बढ्यो सेयर बजार ,१८ अर्ब कारोबार | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २९ २०८३, आइतबार

३० अंकले बढ्यो सेयर बजार ,१८ अर्ब कारोबार

काठमाडौँ ।

मंगलबार सेयर बजार करिब ४ वर्षकै उच्चतम विन्दुमा पुगेको छ । सेयर बजार मापक नेप्से परिसूचक मंगलबार (साउन १३) ३०.७६ अंकले बढेको हो । नेप्से परिसूचक १.०३ प्रतिशतले बढेर ३००२.०७ विन्दुमा बन्द भएको हो ।

यस दिन नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ । १८ अर्ब ५२ करोड ९३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको हो ।सोमबार (साउन १२) १९ अर्ब ३६ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

१७६ कम्पनीको सेयर मूल्य बढेको छ । ७४ कम्पनीको सेयर मूल्य घटेको छ । मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर र सान्भी इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार ७९० रुपैयाँ ५० पैसा कायम छ । ट्रेड टावरको सेयर मूल्य प्रतिकित्ता ८६२ रुपैयाँ ७० पैसा कायम छ । सान्भी इनर्जीको सेयर मूल्य प्रतिकित्ता ७६९ रुपैयाँ कायम छ ।

 

Leave a Reply