नेपालगन्ज भन्सार कार्यालयले अहिलेसम्ममा लक्ष्यभन्दा बढी राजश्व असुली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपालगन्ज भन्सार कार्यालयले अहिलेसम्ममा लक्ष्यभन्दा बढी राजश्व असुली

बाँके, ४ चैत। बाँकेको नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७७ – ०७८को अहिलेसम्ममा लक्ष्यभन्दा बढी राजश्व असुली गरेको छ । १० अर्ब ४६ करोड लक्ष्य तोकिएकोमा कार्यलयले १३ अर्ब ३४ करोड रुपैया असुली गरेको छ ।

इन्धन, किलिड्ढर, जिप्सन, औद्योेगिक कच्चापदार्थ, मार्वल, टाएलहरुबाट बढी राजश्व उठेको भन्सार अधिकृत रमेश कुमार खतिवडा बताउनुहुन्छ । गत आर्थिक वर्ष २०७६ – ०७७ को लक्ष्य १० अरव ३६ करोड रहेकोमा फागुन महिना सम्ममा लक्ष्य भन्दा कम राजश्व अशुली भएको थियो ।

लक्ष्य १० अरव ३६ करोड तोकिएकोमा कार्यालयले ८ अर्व ८२ करोड रुपैया मात्रै अशुली हुनुमा कोरोनाको प्रभाव रहेको बताएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);