साताको चौथो दिन शेयर बजार दोहोरो अंकले ओरालो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

साताको चौथो दिन शेयर बजार दोहोरो अंकले ओरालो

share bazar oralo

काठमाडौं । बुधबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । मंगलबार तीब्र उतारचढावबीच सामान्य अंकले हरियो रहेर थामिएको शेयर बजार बुधबार दोहोरो अंकको गिरावट आएको हो । आज नेप्से ३२ अंकले ओरालो लागेर २६ सय ३२ मा झरेको हो ।

बुधबार ठूला तथा बलिया कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ६.२१ अङ्कले घटेर ४७३.४० बिन्दुमा पुगेको छ । कूल २१४ कम्पनीको ६६ हजार ४८० पटकको व्यापारमा एक करोड ३७ लाख ८७ हजार २१८ कित्ता शेयर खरिदबिक्री भएका छन् भने ५ अर्ब ७७ करोड २२ लाख ५१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

नेप्से परिसूचक ओरालो लागेसंगै बजार पूँजीकरण रकममा समेत गिरावट आएको छ । बुधबार बजार पूँजीकरण रकम ३६ खर्ब ४४ अर्ब ८२ करोडमा सीमित भएको छ। त्यस्तै, म्युचुल फण्ड समूहको परिसूचक ०.१२ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ ।

त्यस्तै, हाइड्रोपावर समूहको १.१५ प्रतिशत, लगानी समूहको १.४२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १.४८ प्रतिशत र व्यापारिक समूहको परिसूचकमा १.२२ प्रतिशतको गिरावट आएको छ ।

बुधबार बैंकिङ् समूहको परिसूचक १.३६ प्रतिशत, विकास बैंक समूहको २.१० प्रतिशत, वित्त समूहको १.५९ प्रतिशत, लघुवित्तको १.०७ प्रतिशत, निर्जीबन बीमाको १.१७ प्रतिशत र जीवन बीमा शेयरमूल्य ०.८४ प्रतिशतले घटेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);