सेयर बजार दोहोरो अंकले ओरालो, कारोबार रकम सात अर्ब माथि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सेयर बजार दोहोरो अंकले ओरालो, कारोबार रकम सात अर्ब माथि

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्स्चेन्च (नप्से)मा दोहोरो अंकको गिरावट आएको छ । साेमबार नेप्से परिसूचक १७ दशमबल ७५ अंकले घटेर दुई हजार ८१९ दशमलब ८७ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । 

२२६ कम्पनीले १३ करोड चार लाख तीन हजार ३१२ कित्ता सेयर खरिदबिक्री गर्दा कुल सात अर्ब ७७ करोड ७५ लाख बराबरको कारोबार भएर कारोबार रकममा भने सुधार आएको छ । साेमबार सबैभन्दा धेरै कारोबार गर्नेमा महालक्ष्मी विकास बैंक लिमिटेड छ । बैंकको ३६ करोड ५८ लाख ७१ हजार २५९ रुपैयाँ १० पैसाको कारोबार भएको छ । 

बैंकिङ, होटल र लगानी समूहको सूचकबाहेक सबै समूहको सूचक राताम्मे छन् । सोमबार दोहोरो अंकले बजार घट्दा पनि मानुसी लघुवित्त, साहास ऊर्जा र पाँचथर पावरका लगानीकर्ताले भने कमाएका छन् । मानुसी लघुवित्तको सेयेरमा १० प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, साहास ऊर्जाको सेयर मूल्य नौ प्रतिशतभन्दा बढी छ भने पाँचथर पावरको सेयर पनि नौ प्रतिशतभन्दा बढीले बढेको छ । त्यस्तै, साेमबार सबैभन्दा धेरै गुमाउनेमा कामना सेव विकास बैंकका लगानीकर्ता छन् । कम्पनीको सेयर मूल्य ६ दशमलव ७२ प्रतिशतको गिरावट आएको छ । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);