सबै मुलुक रचनात्मक वार्ताका लागि खुला : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सबै मुलुक रचनात्मक वार्ताका लागि खुला : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन

valadimin putin

काठमाडौं, ६ चैत । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सबै मुलुकसँग रचनात्मक वार्ताका लागि खुला रहेको बताएका छन् ।

राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि पुटिनले हतियारको दौडको पछि नलाग्ने र रक्षा खर्च कटौति गर्ने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रपतिमा निर्वाचित भएपछि आफ्ना प्रतिस्पर्धी उम्मेदवारसँगको छलफलमा उनले आर्थिक वृद्धि आफ्नो मुख्य प्राथमिकता भएको बताए । राष्ट्रपतिमा निर्वाचित भएपछि पुटिनलाई विभिन्न मुलुकले बधाई दिएका छन् । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने पुटिनलाई वधाइ दिएका छैनन् ।

ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पले पुटिनलाई फोनमार्फत बधाई दिने कुनै तालिका नरहेको जनाएको छ । चीनका राष्ट्रपति सी जिनपिङले भने पुटिनलाई वधाइ दिंदै चीन र रुसको सम्बन्ध इतिहासकै उच्च तहमा रहेका बताएका छन । आठ उम्मेदवार प्रतिस्पर्धामा रहेको निर्वाचनमा पुटिन ७६ प्रतिशत मत हासिल गरी निर्वाचित भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);