रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति बाइडनबीच पहिलो पटक स्विट्जरल्यान्डमा भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति बाइडनबीच पहिलो पटक स्विट्जरल्यान्डमा भेटवार्ता

एजेन्सी । रुसी र अमेरिकी राष्ट्रपतिबीच पहिलो पटक भेटवार्ता भइरहेको छ ।

चिरपरिचित प्रतिद्वन्द्वी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडनबीच स्विट्जरल्यान्डको जेनेभामा पहिलो पटक भेटवार्ता भएको हो । दुबैलाई स्विट्जरल्यान्डका राष्ट्रपति गाई पार्मेलिनले जेनेभामा स्वागत गरेका थिए ।

भेटवार्तालाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोका साथ हेरिहेको छ । रूसी साइबर आक्रमणदेखि युक्रेनमा रूसको भूमिकासम्म धेरै मुद्दाहरूमा दुई देशबीच तनाव बढेका बेला भएको यो भेटवार्तालाई महत्वका साथ हेरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

क्रेमलिन आलोचक अलेक्सी नाभाल्निको मुद्दालाई अमेरिकाले जोडतोडका साथ उठाइरहेको छ । भेटअघि राष्ट्रपति पुटिनले समकक्षी बाइडनलाई योग्य विरोधीको उपमा दिएका छन् ।
०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);