अमेरिका र रूसका राष्ट्रपतिहरूबीच भेटेर छलफल गर्न सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अमेरिका र रूसका राष्ट्रपतिहरूबीच भेटेर छलफल गर्न सहमति

एजेन्सी । अमेरिका र रूसका राष्ट्रपतिहरूबीच भेटेर छलफल गर्न सहमति भएको छ ।

अमेरिकी संचार माध्यमहरुका अनुसार आगामी जुन १६ मा स्वीट्जरल्यान्डको जेनेभामा भेटेर छलफल गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी राष्ट्रपति भ्लादमिर पुटिन सहमत भएका छन् ।

तिक्ततापूर्ण सम्बन्ध भएका यी दुई शक्ति राष्ट्रका प्रमुखहरूबीच बाइडेन अमेरिकी राष्ट्रपति भएपछि पहिलो पटक भेट हुन लागेको हो । एक दिनको भेटका क्रममा आपसी सम्बन्धमा स्थिरता ल्याउने र भरपर्दो बनाउने विषयमा छलफल हुने दुवै पक्षले विश्वास गरेको बताइएको छ ।

सन् १९८५ मा तत्कालीन सोभियत नेता मिखाइल गोर्वाचेभ र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनबीचको भेट पनि जेनेभामा नै भएको थियो । सोभियत युनियन विभाजनपछिका ३० वर्षमा अमेरिका र रूसबीचको सम्बन्ध निकै तिक्ततापूर्ण बिन्दुमा पुगेका बेला बाइडेन र पुटिनबीच भेट हुन लागेको छ ।

यी दुई नेताहरूबीच व्यक्तिगत रूपमा पनि सम्बन्ध चिसो रहेको बताइन्छ । ह्वाइटहाउसका अधिकारीहरूले बाइडेन–पुटिन भेटवार्ताबाट ठुलै अपेक्षा नगरेपनि संवाद सुरुहुनुलाई सकारात्मक मान्नु पर्ने प्रतिक्रिया दिएका छन् ।

पुटिन र बाइडेनले जलवायु परिवर्तन, कोरोना महामारीविरूद्धको लडाइँमा सहकार्य गर्ने विषयमा छलफल हुनसक्ने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);