सी जिनपिङ र बाइडेनबीचको भेटवार्ता फलदायी भएको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सी जिनपिङ र बाइडेनबीचको भेटवार्ता फलदायी भएको दाबी

काठमाडौं, ३० कात्तिक । चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकाका राष्ट्रपति जो बाइडेनबीच उच्चस्तरीय सैनिक संचार फेरी सुचारु गर्न सहमति भएको छ । दुई शक्ति राष्ट्रका राष्ट्रप्रमुखहरुबीच आज भएको भेट वार्तामा उच्चस्तरीय सैनिक संचार फेरी सुचारु गर्न सहमति भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

भेटवार्तापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले रचनात्मक र फलदायी छलफल भएको प्रतिक्रिया दिनु भएको छ । उहाँले आपसी कूटनीतिको विगत धेरै महिनाहरूमा राखिएको आधारभूत विषयहरुमा रचनात्मक छलफल र त्यसमा महत्वपूर्ण प्रगति भएको बताउनु भयो । भेटमा राष्ट्रपति सीले अमेरिका–चीन सम्बन्धमा ताइवान ठूलो मुद्दा भएको उल्लेख गरेको बताइएको छ । चीनले ताइवानमा ठूलो आक्रमणको तयारी नगरेको सीको संकेत रहेको र शक्ति प्रयोग गर्न सकिने अवस्था बारे कुरा गरेको अमेरिकी अधिकारीले बताएका छन् । ​सीले चीनको प्राथमिकता स्वशासित टापु ताइवानसँग शान्तिपूर्ण पुनर्मिलन भएको स्पष्ट गरेको बताइएको छ ।

अमेरिकालाई ताइवानलाई हतियार दिन बन्द गर्न र ताइवान स्वतन्त्रता लाई समर्थन नगर्ने आफ्नो प्रतिबद्धतालाई सम्मान गर्न वास्तविक कदम चाल्न आग्रह गरेको चिनिया विदेशमन्त्रालयले जनाएको छ । दुई नेताले आर्टिफिसियल इन्टेलिजेन्स ए आइ र लागुऔषध विरुद्धको सहकार्यमा संवाद र कार्यदल गठन गर्न सहमति जनाएका छन्।​ साथै दुई देशबीच उडान र अन्तर्राष्ट्रिय विद्यार्थी आदानप्रदान बढाउनका साथै शिक्षा, युवा, संस्कृति, खेलकुद र व्यापारमा आदानप्रदान विस्तार गर्न सहमति भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);