इन्डोनेसियामा ६.१ म्यागनिच्युडको भूकम्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

इन्डोनेसियामा ६.१ म्यागनिच्युडको भूकम्प

एजेन्सी । इन्डोनेसियामा ६.१ म्यागनिच्युडको भूकम्प गएको छ । बुधबार, इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रबिन्दू भएर ६.१ म्यागनिच्युडको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयानुसार बुधबार बिहान ११ः४३ मा भूकम्प गएको थियो ।

भूकम्पले गरेको क्षतीका बारेमा अहिलेसम्म कुनै विवरण प्राप्त नभएको र सुनामीको खतरा पनि नरहेको त्यहाँका मौसम विज्ञान र जिओफिजिक्स एजन्सीका अधिकारीहरुले बताएका छन् । भूकम्पले पारेका असरका बारेमा विवरण संकलन गर्ने कार्य भने भइरहेको अधिकारीहरुले जनाएका छन् ।

इएन्डोनेसियामा वर्षेनी दर्जनौपटक भूकम्प आउने र ठूलो जनधनको क्षती हुने गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);