अमेरिकासँग सूचना तथा सञ्चार प्रविधिमा सम्बन्ध बनाउन पुटिनको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

अमेरिकासँग सूचना तथा सञ्चार प्रविधिमा सम्बन्ध बनाउन पुटिनको आग्रह

valadimin putin

एजेन्सी, १० असोज । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासँग सूचना तथा सञ्चार प्रविधिमा घनिष्ट सम्बन्ध स्थापनाका लागि आग्रह गर्नुभएको छ ।

रूसी प्रशासन केन्द्र, क्रेमलिनका अनुसार पुटिनले अमेरिकालाई सूचना तथा सञ्चार प्रविधिमा घनिष्ट सम्बन्ध स्थापनाका लागि आग्रह गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

पुटिनले विश्वका सबै मुलुकसंग एक अर्काको आन्तरिक मामिलामा निर्वाचन लगायत सूचना र सञ्चार प्रविधिको प्रयोगसहित गैर–हस्तक्षेपको ग्यारेन्टी आदानप्रदान गर्न र यस क्षेत्रका सम्बन्धहरुलाई पुनः स्थापित गर्न पनि आग्रह गर्नुभएको छ । रूस र अमेरिका दुबैले निर्वाचनमा पारस्परिक अहस्तक्षेपकारी भूमिकाका लागि समेत आग्रह गर्नुभएको छ ।

संयुक्त राष्ट्रसंघको ७५ औँ महासभा चलिरहेका समय विश्वको ध्यान केन्द्रित गर्दै रूसी राष्ट्रपतिको उक्त धारणा आएको हो । सन् २०१६ को अमेरिकी निर्वाचनमा रुसको हस्तक्षेप भएको भन्ने आरोप लागिरहेको छ ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचनको दिन नजिकिँदै जाँदा पुटिनले रुसको हस्तक्षेप नकुने विश्वास दिलाउने प्रयास गरेको विश्लेषण गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);