दक्षिण कोरियाली अधिकारी मारिएको घटनाप्रति किम जोङले मागे माफी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दक्षिण कोरियाली अधिकारी मारिएको घटनाप्रति किम जोङले मागे माफी

एजेन्सी, ९ असोज । उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाली अधिकारी मारिएको घटनाप्रति माफी माग्नु भएको छ । दक्षिण कोरियाली राष्ट्रपति कार्यालयलाई पत्र लेख्दै उत्तर कोरियाली नेता किमले उक्त घटनामा माफी माग्नु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन ।

दक्षिण कोरियाली राष्ट्रपति मून जेई इनलाई पत्र पठाउँदै नेता किमले ’नहुनुपर्ने घटना घटेको’ भन्दै माफी माग्नु भएको हो । पत्रमा किमले उक्त घटना निकै दुःखद र निराशाजनक भएको समेत उल्लेख गर्नुभएको जनाइएको छ ।

दक्षिण कोरियाले आफ्ना एक सरकारी अधिकारीलाई उत्तर कोरियाली सैनिकहरूले गोली हानी मारेको र उनको शव जलाएको बताएको थियो । उत्तर कोरियाले भने ती अधिकारीलाई १० वटा गोली हानिएको र उनको शरीर नजलाइएको दाबी पनि गरेको छ ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले उक्त घटनालाई क्रुर र अमानबीय भन्दै कडा शब्दमा निन्दा गरेको थियो । ती अधिकारी दुई देशको जलसीमानजिकै गस्ती गर्ने डुंगाबाट बेपत्ता भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);